Logo

३० चैत,वीरगञ्ज । वीरगन्जमा रात्री बजारको लागि भव्य तयारी भएको छ । आज २०७९ सालको अन्तिम दिनको बिदाईसँगै भोली नयाँवर्षको स्वागतका लागि वीरगन्ज महानगरपालिकाले आयोजना गरेको रात्री बजारको तयारी अन्तिम चरणमा पुगेको हो ।

रात्री बजारका लागि आवश्यक स्टलहरु र सजावटहरु भईरहेका छन् । विभिन्न झिलिमिली बत्ती तथा सजावटले आदर्शनगर क्षेत्रलाई आकर्षक बनाईएको छ । साँझ नपर्दै सुनसान हुने वीरगन्जमा रातिको समयमा पनि किनमेलको वातावरण बनाउन र वीरगन्जको व्यापार व्यावसायलाई चलायमान बनाउनका लागि तीनदिनको रात्री बजारको आयोजना गरेको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।

तीन दिनको लागि आयोजना हुने रात्री बजारको तयारी पूरा भएको र आज यसको उद्घाटन गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । रात्री बजार हेर्न र किनमेल गर्न आउनेहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम तथा विभिन्न परिकारका स्टलहरु पनि राखिने खेतानले बताउनुभयो ।

आदर्शनगर चौकमा वीरगन्जको पहिचान बोकेको कृत्रिम घण्टाघर र शंकाराचार्य गेटपनि बनाईएको छ । अन्य विभिन्न स्थानमा सेल्फी खिच्ने ठाउँ समेत निर्माण गरिएको छ ।

 


सम्बन्धित समाचार