Logo

१६ वैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । हिजोबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गर्नुभएका उहाँले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।

उहाँले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घघाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो ।

अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने जानकारी दिनुभयो । पुनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेकोमा जोड दिनुभयो ।


सम्बन्धित समाचार