Logo

१८ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर गर्ने ३ जनालाई कारवाही गरेको छ । महानगरले उनीहरुलाई कारवाही स्वरुप जरिवाना गराई ४ हजार ५ सय राजश्व संकलन गरेको हो ।

सडकमा जथाभावी फोहोर गरेको भन्दै महेश गुप्तालाई सबैभन्दा बढि २ हजार ५ सय जरिवाना तिराईएको महागरका सरसफाई संयोजक जयप्रकाश खेतानले बताउनुभयो । त्यस्तै उहाँका अनुसार रामाशंकर मिश्र र आकिप हकलाई भने जरिवाना स्वरुप जनही एक एक हजार रकम तिराईएको छ ।

सफा, स्वच्छ र हराभरा महानगरको रुपमा वीरगञ्ज महानगरलाई परिवर्तन गर्ने अभियानमा जुटेको समयमा एकजनाले मात्र केहि गर्न नसक्ने भन्दै सबैलाई सहकार्य गर्न खेतानले आग्रह समेत गर्दै आउनुभएको छ ।

त्यस्तै महानगरमा जथाभावी फोहोर गर्नेलाई जरिवाना गर्दा केहि हदसम्म मात्र फोहोर फ्याल्ने कार्य रोकिएको भन्दै यसलाई पूर्ण रुपले रोक्न फोहोर फ्याल्नेमाथि सार्वजनिक अपराध कसुर सम्बन्धि मुद्दा नै चलाउने तयारीमा महानगर रहेको छ ।


सम्बन्धित समाचार