Logo

१० जेठ,वीरगञ्ज । आन्दोलनरत नेपाल शिक्षक महासंघ पर्साले थप संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । स्थानीय तहले नियम विपरित शिक्षकहरुको सरुवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघले आजदेखि थप संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेको शिक्षकहरुले जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए । तर, स्थानीय सरकारले कुनै सुनुवाई नगरेपछि थप संघर्षका कार्यक्रम गर्नुपरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले जानकारी दिनुभयो ।

घोषित संघर्षका कार्यक्रम अनुसार जेष्ठ १० गते आज सामुदायिक विद्यालयमा छैठौं र सातौं घण्टी बहिष्कार गर्ने निर्णय गरेको छ । त्यस्तै जेष्ठ ११ गते भोली टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बैठक बसि थप कार्यक्रमको तयारी गर्ने बताईएको छ ।


सम्बन्धित समाचार