Logo

२३ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकमा जथाभावी पार्किङ गरि राखिएका सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

महानगरले आर्दशनगर चोकदेखि मकालु होटलसम्मका पार्किङ निषेधित क्षेत्रमा सवारी पार्किङ गरेकाहरुको सवारी आज दिउँसो नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा वीरुगञ्ज महानगरका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा पार्क गरिएका सवारी महानगरको गाडि नै ल्याएर उठाएको हो ।

महानगरले सवारी पार्किङ गर्न आर्दशनगरस्थित हजारीमलको जग्गामा पार्किङ गर्न भनेको थियो । तर पटकपटक आग्रह गर्दा समेत सवारीधनीले अटेर गरेपछि सवारी नै नियन्त्रणमा लिन सुरु गरिएको महानगरले जनाएको छ । सवारी नियन्त्रणमा लिएपश्चात उक्त सडकहरुमा डिभाईडर राखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै