Logo

२६ जेठ,वीरगञ्ज । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले जलेश्वरमा मणिपाल कलेजको निर्माण नभएकोमा दुःख व्यक्त गर्नुभएको छ । महोत्तरीको जलेश्वरमा अम्बिका हस्पिटल एण्ड रिसर्च सेन्टरको उद्घाटन गर्दै उहाँले मणिपाल कलेज निर्माणको योगदानकर्ता नेपाली कांग्रेस भए पनि लामो अवधि बितिसक्दा पनि निर्माण नहुनु दुःखद रहेको बताउनुभयो ।

आफू मधेश प्रदेशको प्रमुख भए पनि महोत्तरी आफ्नो गृहनगर भएकाले बढी चासो र चिन्ता हुने गरेको बताउँदै प्रदेश प्रमुख मिश्रले महोत्तरीको विकासमा आफू सधै सकारात्मक रहेकोमा जोड दिनुभयो । जलेश्वरमा दुई दशकदेखि मणिपाल इन्जिनियरिङ कलेज निर्माणको चर्चा चले पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

यस क्षेत्रका बासिन्दाले जलेश्वरको विकासका लागि मणिपाल गु्रपलाई सस्तो दरमा जग्गा दिए पनि सो ग्रुपले अहिलेसम्म कलेज निर्माण सुरु गरेको छैन । जलेश्वरमा निजी क्षेत्रको अस्पताल हुनु मेडिकल क्षेत्रका लागि राम्रो भएको बताउँदै उहाँले जलेश्वरको विकासमा यो अस्पताल एउटा कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।


सम्बन्धित समाचार