Logo

२६ जेठ,काठमाडौं ।सर्वोच्च अदालतले विवादास्पद नागरिकता विधेयकको प्रमाणीकरण कार्यन्वयन नगर्न यसअघि एकल इजलासले गरेको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले आज भएको सुनुवाइपछि अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

अदालतले नागरिकता विद्येयकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ । सर्वोच्च अदालतको आदेश पछि तत्काल नागरिकता पाउँने आशामा बसेका नेपाली नागरिकहरु निराश भएका छन् ।

पर्सा जिल्लामा मात्र २०६३ देखि ०६५ सम्म करिव १४ हजार व्यक्तिले जन्मको आधारमा नागरिकता लिएका छन् । उनीहरुको सन्तानको हिसाव गर्ने हो करिव ३० देखि ३५ हजार व्यक्तिहरु पर्साबाट मात्र नागरिकता लिन वञ्चित रहेको अनुमान जिल्ला प्रशासन कार्यालय पर्साको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि जेठ २१ गते प्रारम्भिक सुनुवाइ गर्दै यसअघि डा.मनोज कुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।


सम्बन्धित समाचार