Logo

फाइल तस्बिर।

२७ जेठ,काठमाडौं । जनता समाजवादी पाटी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ ।बैठक जसपाको पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भएको हो ।

बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने बताइएको छ ।

जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।


सम्बन्धित समाचार