Logo

२ असार,वीरगञ्ज । वीरगञ्जको छुट्टाछुट्टै स्थानमा आज सम्पन्न रक्तदान कार्यक्रमबाट १ सय ८६ पोका रगत संकलन भएको छ । साहिब दरबार वीरगञ्ज र सानवी फाउण्डेसन अफ नेपालले आयोजना गरेको कार्यक्रमबाट उक्त पोका रगत संकलन भएको हो ।

साहिब दरबार वीरगञ्जद्वारा जैन धर्मशालामा आयोजित कार्याक्रममा ८ जना महिलासहित १ सय ५५ जनाले रक्तदान गरेका थिए । गर्मीका कारण रक्तदान गर्ने दाताहरुमा कमी आएकाले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव रहेको केन्द्रका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । जसका कारण वीरगञ्जको विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई समस्या भईरहेको छ ।

रगतको अभाव पूर्ति होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सस्थांका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले शरिरको रगत तीन–तीन महिनामा त्यत्तिकै खेर जाने भएकोले रगत दान गरि जीवन दान गर्न आग्रह गर्नुभएको थियो । साथै नगरप्रमुख सिंहले रक्तदाताहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।

यस्तै सानवी फाउन्डेसन अफ नेपालले युवा अभियन्ता स्वर्गीय विवेक कलवारको सम्झनामा आज वीरगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रगतदान गरेका थिए ।

आदर्शनगरस्थित मधुशाला फेमिली रेष्टुरेन्टमा आयोजित रक्तदान कार्यक्रममा १ जना महिलासहित ३१ जनाले रगतदान गरेका छन् ।
सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जले प्राविधिक सहयोग गरेको थियो ।

 


सम्बन्धित समाचार