Logo

१६ असार,वीरगञ्ज । वीरगञ्जको नगवामा रहेको सनलाईट माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि दश जोड २ मा व्यावस्थापन संकायको अध्यापन शुरु गर्ने भएको छ ।

विद्यालयले आज विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर कक्षा ११ मा व्यावस्थापन संकायमा अध्यापन शुरु गर्न लागेको जानकारी दिएको हो । सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको अध्यापन यहि शैक्षिक सत्रदेखि शुरु गर्न लागिएको विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले जानकारी दिनुभयो ।

विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा शुरु गर्न लागेको जनाएको छ । कक्षा ११ मा सरकारले लिएको पढ्दै जाऊ, कमाईदै जाऔंको नीति अनुसारको रोजगारमुखी शिक्षा सिकाईने बताईएको छ ।

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर सोही अनुसारको शिक्षा प्रदान गरिने स्किल मेनेजर मनिष चालिसेले बताउनुभयो ।

त्यस्तै जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट विद्यालयलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको व्यावस्था गरिएको जनाएको छ ।

 


सम्बन्धित समाचार