Logo

A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT

१ साउन,काठमाडौं। काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो।

घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ।


सम्बन्धित समाचार