Logo

१ साउन,वीरगञ्ज । मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले इनोभेटिभ लर्निङ सेन्टरको उद्धघाटन गर्नुभएको छ । अन्सारीले वीरगञ्ज–२० हरपतगञ्जस्थित श्री निरञ्जन साह कलवार विद्यालय र वीरगञ्ज–१४ बहुवरीस्थित उम्मे कुल्सुम लिलबनात कन्या विद्यालयमा उक्त सेन्टरले उद्धघाटन गर्नुभएको हो ।

यी सेण्टरहरुमा विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधिहरू भन्दा बाहिर गएर प्रयोगात्मक शिक्षा, ह्यान्ड–अन गतिविधिहरू र प्रविधिका साथै अन्य नवीन उपकरणहरूको प्रयोगमा आफुलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा हासिल गर्ने बताईएको छ ।

अन्सारीका अनुसार सेन्टरको कार्यान्वयन नेपालमा एक ग्राउन्डब्रेकिंग अवधारणा हो । बिस्ट ल्याडर नामक संस्थाले सेन्टरको स्थापना र व्यवस्थापन गर्न प्राविधिक र परिचालन सहयोग प्रदान गरेको छ ।

आगामी वर्षहरूमा सम्पूर्ण जिल्लालाई समेटेर यो पहललाई अझ ठूलो तहमा पु¥याउने योजना रहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनहरूमा वीरगंजबाट राष्ट्रको विकासमा योगदान पु¥याउन सक्ने युवाहरूको विकास गर्ने र फेसबुक, गुगल, टेस्ला जस्ता विश्व प्रसिद्ध उत्पादनहरूको सिर्जना नेपाली युवहरूले कल्पना गर्न सक्ने वातावरण बनाउन नेतृत्वदायी भूमिका निभाउनुपर्नेमा उहाँको जोड छ ।

यस अघिकाम संघीय तथा प्रदेश सांसदले सामाजिक क्षेत्रमा लगानी गरेका थिएनन् । पहिलो पटक रहवर अंसारीले शिक्षाको गुणस्तर वृद्धिका लागि यस्तो कार्यक्रम संचालनमा ल्याउनुभएको बताईएको छ ।


सम्बन्धित समाचार