Logo

११ साउन, वीरगञ्ज । यातायात ब्यवस्था कार्यालय वीरगञ्जको राजश्व संकलनमा कमि आएको छ । कार्यालयको लाईसेन्स शाखाको राजश्व सँकलन पहिलेको भन्दा घटेको हो । कार्यालयले दिएको जानकारी अनुसार लाईसेन्स शाखाले गत आर्थिक बर्ष ०७९/८० मा आर्थिक बर्ष ०७८/७९ को भन्दा कम राजश्व सँकलन गरेको छ ।

लाईसेन्स शाखाले बितेको आव.०७९/८० मा १५ करोड ८३ लाख ६० हजार ६ सय ४ रुपैया राजश्व सँकलन गरेको छ । जबकि त्यस भन्दा अघिको आर्थिक बर्ष ०७८/७९ मा भने शाखाले १७ करोड १६ लाख ८१ हजार ७ सय ११ रुपैँया राजश्व सँकलन गरेको थियो ।

उक्त तथ्याङक अनुसार राजश्व पहिलेको आर्थिक बर्षको तुलनामा बितेको आर्थिक बर्षमा एक करोड ३३ लाख २१ हजार १ सय ७ रुपैयाले घटेको हो ।यसरी राजश्व सँकलनमा कमि आउनुमा कार्यालयमा सेवाग्राहीको कमि हुनु मुख्य रहेको सुचना अधिकारी रामअयोध्या रामले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय अन्य जिल्लाहरुमा पनि यातायातको कार्यालयहरु खुलेकाले बितेको आर्थिक बर्षमा पहिलेको भन्दा कम राजश्व सँकलन भएको बताउनुभयो ।

प्रदेश सरकार मातहत रहेको यातायात ब्यावस्था कार्यालय वीरगञ्जको लाईसेन्स शाखाले नयाँ लाईसेन्स वितरण, लाईसेन्स नविकरण, स्मार्ट कार्ड वितरण लगायतका कार्यहरु गर्दै आएको छ । सोही बापत कार्यालयले राजश्व सँकलन गर्ने गरेको छ ।


सम्बन्धित समाचार