Logo

२५ साउन, वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष ०७९/०८० मा लक्ष्य भन्दा ३१ प्रतिशत कम राजश्व संकलन गरेको छ । राजश्व कार्यालयले दिएको तथ्यांक अनुसार बितेको आर्थिक बर्षमा कुल ७ अर्ब १३ करोड ९७ लाख ८५ हजार राजश्व संकलन गरेको हो ।

जुन लक्ष्यको ६९ प्रतिशत मात्रै हो । राजश्व विभागबाट कार्यालयले १० अर्ब ६२ करोड ५१ लाख ७३ हजार राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो । कार्यालयले बितेको आर्थिक वर्षमा लक्ष्य भन्दा ३१ प्रतिशत कम अर्थात तीन अर्ब ४८ करोड ५३ लाख ८८ हजार कम राजश्व संकलन गरेको हो ।

बितेको आर्थिक बर्षमा सबै भन्दा बढी कार्यालयले आयकर तर्फ २ अर्ब ३९ करोड ४४ लाख २५ हजार ८ सय ९०,बहालकरबाट पाँच करोड ३८ लाख ३३ हजार,ब्याजकरबाट चार करोड ३९ लाख ९६ हजार,मुल् अभिबृद्धि करबाट एक अर्ब ७४ करोड ३४ लाख ५७ हजार १० रुपैया र अन्त?शुल्कबाट तीन अर्ब १९ लाख २ हजार २ सय ७० रुपैया राजश्व सँकलन गरेको कार्यालयका प्रमुख ढाकाराम तिवारीले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा कार्यालयले ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । कार्यालयले आय कर, ब्याज, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र बहाल कर संकलन गर्दै आएको राजश्व कार्यालय पर्साले जनाएको छ ।

 


सम्बन्धित समाचार