Logo

११ माघ,काठमाडौं । राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल लाइभलाई जानकारी दिएका छन्।

फागुन २० पछि रिक्त हुने २० मध्ये १९ पदका लागि बिहीबार सातै प्रदेशमा मतदान भएको थियो। मतदानको नतिजा आज साँझसम्म आइसक्ने बताइएको छ।
बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका मतदानस्थलमा मतदान भएको थियो। मतदान सकिएपश्चात मतगणनाको तयारी भइरहेको छ।

 


सम्बन्धित समाचार