Logo

२७ माघ,जनकपुर । कमला सिँचाई परवाहा शाखाको निर्वाचनमा अध्यक्षमा सुजित मिश्र निर्वाचित भएका छन् ।
१६ वर्षपछि भएको निर्वाचनमा पूर्वअध्यक्ष मथुरा चौधरी यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै मिश्र अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल १६५ मतदाता रहेको मध्ये मिश्रले १११ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी यादवले ४८ मत प्राप्त गरेका थिए भने दुई मत बदरसमेत भएको थियो ।
कमला सिँचाइ परवाहा शाखाका अध्यक्षमा निर्वाचित मिश्र नेपाल विद्यार्थी संघ धनुषाका पूर्वसभापति हुन् ।

यस शाखाको उपाध्यक्षमा प्रदीपकुमार यादव, सचिवमा सुरेन्द्रकुमार मण्डल र कोषाध्यक्षमा श्यामकुमार यादव निर्वाचित भएका छन् । भने शाखाको पुरुष सदस्यहरूमा अलिमोहम्मद राइन, सूर्यनाथ यादव, रामविलास यादव, जगदीश यादव, मोहन मण्डल धानुक, अब्दुल नदाफ र बलराम यादव र महिलातर्फ निर्मलादेवी दास, सकुनीदेवी गडेरी, फुलकुमारी देवी दनुवारनी, सोनावती देवी यादव एवं प्रेमशीला देवी निर्वाचित भएका छन् ।

त्यस्तै मूल समितिका लागि पुरुषतर्फ शेषनारायण यादव र हरिकिशोर यादव तथा महिलातर्फ जीबछी देवी निर्वाचित भएका छन् ।
कमला सिँचाई (पश्चिमी) अन्तर्गत चारवटा शाखा पर्दछन् । जसमध्ये परवाहा शाखाको कार्यसमिति चयन गर्न निर्वाचन भएको थियो ।

चार वर्षे कार्यकाल रहेको समितिले यस क्षेत्रका भू–मागमा सिँचाइका लागि पूर्वाधार निर्माण, सिँचाइ विकास, नहर निर्माणलगायतका काम गर्नुपर्ने छ ।
परवाहा शाखाअन्तर्गत धनुषाको बरमझियादेखि भडरियासम्मको करिब २ हजार ५ सय हेक्टर सिँचाइ योग्य जग्गा छ ।


सम्बन्धित समाचार