Logo

२९ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी अल्पाइन इन्टर कलेज टी २० कपमा ओम नेशनल बिजयी भएको छ । ओम नेशनलले ममता विद्यालाई ४६ रनले पराजित गरेको हो ।

नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको ओमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एकसय १९ रन बनायो । उसका लागि सुजन भण्डारीले २५ र रोशन कुशवाहाले २१ रन जोडे । यस्तै अस्मित कुशवाहाले १४ रन बनाए । बलिङमा साहरुख आलमले ३ विकेट र साहिल आलमले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको ममता विद्या १६ ओभर ४ बलमा पूरै विकेट गुमाउँदै ७३ रनमै समेटियो । उसका जिके गुप्ताले १५ र अरवाज हवारीले १३ रनको योग दिए । बलिङतर्फ सुजन भण्डारीले सर्वाधिक ६ विकेट लिए । भने पङकज राओले १ विकेट लिए ।

खेलमा सुजन भण्डारी म्यान अफ म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार