Logo

२९ माघ,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा श्री दुर्गा मोडेल कलेजले जित हात पारेको छ । दुर्गा मोडेलले पर्सा म्यानेजमेन्टलाई ६ विकेटले पछि पार्दै जित निकालेको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा पर्साले दिएको एकसय २० रनको लक्ष्य दुर्गा मोडेलले १८ ओभर २ बलमा ४ विकेटमा क्षतीमा भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय १९ रन बनाएको थियो ।

खेलमा श्री दुर्गा मोडेलका इरसाद अन्सारी म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार