Logo

१ फागुन,वीरगञ्ज । पर्सामा भइरहेको अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा वीरगञ्ज पब्लिक कलेज बिजयी भएको छ ।
आज भएको खेलमा वीरगञ्ज पब्लिकले वीरगञ्ज सेन्ट्रललाई ६ विकेटले पराजित गरेको हो । नारायणी क्रिकेट मैदानमा वीरगञ्ज सेन्ट्रलले दिएको सामान्य ८५ रनको लक्ष्य वीरगञ्ज पब्लिकले १० ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वीरगञ्ज सेन्ट्रलले १५ ओभर १ बलमा पूरै विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

खेलमा वीरगञ्ज पब्लिक कलेजका सन्दिप सिंह म्यान अफ दि म्याच भए ।

त्यस्तै अहिले भईरहेको दोस्रो खेलमा पिसजोन एकेडेमी र बाल एकता बोडिङ स्कुलबिच प्रतिस्पर्धा हुँदै छ ।


सम्बन्धित समाचार