Logo

२ फागुन,काठमाडौं  । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो।

कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७३ रन बनाएको थियो।

वर्षाका कारण खेल प्रभावित भएपछि नेपाललाई १२ ओभरमा ५० रनको संशोधित लक्ष्य दिइएको हो।

नेपालका लागि सिता राना मगरले १७ रन बनाइन् भने कविता कुँवर एक रनमा रनआउट भएकी थिइन्। कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे।

कुवेतका लागि प्रियादा मुरलीले सर्वाधिक २९ रनको योगदान गरिन्।शान्थि बालासुब्रमनियन र खादिजा खलिले समान १३÷१३ रन जोडे। तीन खेलाडी शून्यमा आउट हुँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा सिता राना मगरले ह्याट्रिक विकेट लिइन्। रुबिना क्षेत्री र कविता कुँवरले २÷२ विकेट लिए।

नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। बुधबारै भएको क्वाटरफाइनलमा मलेसियाले जापानलाई १६ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो।


सम्बन्धित समाचार