Logo

३ फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज टी २० क्रिकेट कपमा मिनी ल्याण्ड मावि बिजयी भएको छ ।

मिनी ल्याण्डले श्री दुर्गालाई ५४ रन अन्तरले हराएको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर मिनी ल्याण्डले ब्याटिङ रोज्यो । उसले १९.३ ओभरमा पूरै विकेट गुमाएर एकसय ३३ रन बनायो ।

जवाफी ब्याटिङ गरेको श्री दुर्गा १६.४ ओभरमै ७९ रनमा अलआउट भयो । खेलमा अखिल खान म्यान अफ दि म्याच घोषित भएका छन् ।

यस्तै अहिले जारी दोस्रो खेलमा ममता विद्या मन्दिर र डेसिमल कलेजबिच प्रतिस्पर्धा हुँदैछ ।


सम्बन्धित समाचार