Logo

३ फागुन,काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो।

नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४१ दशमलब १ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए। ज्याक ब्रस्सेल र रुबिन ट्रम्पेलमनले समान २÷२ विकेट लिए भने जान निकोलले एक विकेट खसाले।

नेपालले दोस्रो खेलमा पर्सि नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।

 


सम्बन्धित समाचार