![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/07/nirwachan-ayog-1200x560-1.jpg?fit=1200%2C560&ssl=1)
४ फागुन,काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ ।
आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्न लागेको हो ।
नियम उल्लंघन गरेका कारण तोकिएको जरिवानासमेत नबुझाएपछि दलहरु खारेज गर्न लागेको आयोगले जनाएको छ ।
यी ४१ दललाई जरिवाना बुझाउन अन्तिम एक पटक मौका दिइने बताइएको छ । मौका दिँदा पनि जरिवाना नबुझाए दलको खारेजी प्रक्रिया अगाडि बढाउने आयोगले निर्णय गरेको छ ।