Logo

४ फागुन,वीरगञ्ज । वीरगञ्जमा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा वीरगञ्ज पब्लिक स्कुल १५ रनले बिजयी भएको छ ।

उसले वीरगञ्ज पब्लिक कलेजलाई हराएको हो । नारायणी क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर ब्याटिङ गरेको वीरगञ्ज पब्लिक स्कुलले निर्धारित ओभरमा ९ विकेटको क्षतीमा एकसय २९ रन बनायो ।

जवाफी ब्याटिङ गरेको वीरगञ्ज पब्लिक कलेज १८.१ ओभरमा एकसय १४ रनमै अलआउट भयो ।

खेलमा समिर मन्सुरी म्यान अफ म्याच घोषित भए ।

 


सम्बन्धित समाचार