Logo

४ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज टी २० क्रिकेट कपमा म्यारीगोल्ड प्लस टु बिजयी भएको छ ।

म्यारीगोल्डले बाल एकतालाई ३५ रन अन्तरले हरायो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर म्यारीगोल्डले ब्याटिङ रोज्यो ।

उसले १७.२ ओभरमा पूरै विकेट गुमाएर एकसय ६ रन बनायो । जवाफी ब्याटिङ गरेको बाल एकता १४.४ ओभरमा ७१ रनमै अलआउट भएको हो ।

खेलमा दिलसाद हुसेन म्यान अफ म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार