Logo

४ फागुन,वीरगञ्ज । मधेश प्रदेशमा यो वर्ष बढी धान उत्पादन हुनेमा २ वटा जिल्ला परेको छ । बढी धान उत्पादन गर्ने जिल्लाको पहिलो स्थानमा सप्तरी परेको छ भने दोस्रो स्थानमा पर्सा रहेको पाइएको छ ।

अर्था्त मधेश प्रदेशमा यो वर्ष सबैभन्दा बढी धान उत्पादन गर्ने जिल्लामा सप्तरी परेको छ । सिरहालाई उछिन्दै यसवर्ष सप्तरीमा सबैभन्दा बढी धान उत्पादन भएको हो ।

गत आर्थिक वर्षमा यो प्रदेशमा बढी धान उत्पादन गर्ने जिल्लामा सप्तरी एक नम्बर स्थान हासिल गरेको थियो ।
आर्थिक वर्ष २०७९/०८० मा सिरहा जिल्लाले प्रदेशभरबाट सबैभन्दा बढि धान उत्पादन गरेको तथ्यांक छ , जहाँ २ लाख २१ हजार २७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यही स्थानलाई तल पार्दै यो वर्ष उत्पादन भएको कुल मेट्रिक टन धान मध्ये आठवटै जिल्लामा सप्तरी अग्रस्थानमा परेको आँकडा सार्वजनिक भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशले चालु आर्थिक वर्ष ०८०÷०८१ मा प्रदेशभरमध्ये सबैभन्दा बढी सप्तरीमा उत्पादन गरेको विवरण सार्वजनिक गरेको हो

सार्वजनिक भएको तथ्यांकअनुसार सप्तरी जिल्लामा यो वर्ष २ लाख १७ हजार ६ सय मेट्रिक टन धान उत्पादन भएको आँकडा छ । यो वर्ष सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । सोही जिल्लामा गतवर्ष भने १ लाख ९७ हजार ६९३ मेट्रिक टन उत्पादन भएको थियो ।

यसैगरि दोस्रो स्थानमा भने पर्सा जिल्ला परेको छ । पर्सा जिल्लामा यसवर्ष १ लाख ९७ हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डलले जनाए । उनका अनुसार जिल्लाको ४७ हजार १३० हेक्टर क्षेत्रफलबाट १ लाख ९७ हजार ९४६ मेट्रिक टन धान उत्पादन भएको हो ।

कुन जिल्लामा कति उत्पादन?

यस्तै बारा जिल्लामा १ लाख ९१ हजार ६२, सिरहा १ लाख ६६ हजार ४८६, सर्लाही १ लाख ४१ हजार ९८०, रौतहट १ लाख ४१ हजार २३३, महोत्तरी १ लाख २२ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको अधिकृत मण्डले बताए । सबैभन्दा कम धान उत्पादन धनुषामा भएको उनको भनाइ छ ।

धनुषा जिल्लामा यसवर्ष १ लाख १७ हजार ६ सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।
प्रदेशभर यस आर्थिक वर्षभर कूल १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको मधेश कृषि निर्देशनालयको तथ्याङक छ । प्रदेशभरको ३ लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलबाट उक्त उत्पादन भएको हो ।


सम्बन्धित समाचार