Logo

५ फागुन,काठमाडौँ । आइसिसी लिग–२ को त्रिदेशीय सिरिजमा नेदरल्याण्ड्सविरूद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

२७ रन बनाएका बास डी लिडे ललित राजवंशीको बलमा बोल्ड भए ।

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले २५.१ओभरमा ४ विकेटको क्षतिमा ९८रन बनाएको छ


सम्बन्धित समाचार