Logo

५ फागुन,काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले ऐतिहासिक जित निकालेको छ।

१३८ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको नेपालले १५ दशमलव २ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

नेपालका लागि नेपालका ओपनर आशिफ शेख र अनिलकुमार साहले अर्धशतक प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन जोडेका थिए।

लिग २ अन्तर्गत नेपालको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो।


सम्बन्धित समाचार