Logo

५ फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा आयोजक अल्पाइन बिजयी भएको छ । अल्पाइनले पर्सा म्यानेजमेन्टलाई २३ रनले हराएको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर अल्पाइनले ब्याटिङ रोज्यो । टस जितेर ब्याटिङ गरेको अल्पाइनले निर्धारित ओभरमा ९ विकेट गुमाएर एकसय ३१ रन बनायो ।

जवाफी ब्याटिङ गरेको पर्सा १९ ओभरमा एकसय ६ रनमै समेटियो ।खेलमा अफरोज अन्सारी म्यान अफ दि म्याच घोषित भए ।

अहिले जारी दोस्रो खेलमा नेशनल इन्फोटेक र पिसजोनबिच प्रतिस्पर्धा हुँदैछ ।


सम्बन्धित समाचार