Logo

५ फागुन,सिम्रौनगढ । बाराको सिम्रौनगढस्थित कंकाली मन्दिरको प्राङगणमा माछापालक कृषकहरुको भेला सम्पन्न भएको छ । मत्स्य व्यवसाय बाराका अध्यक्ष विरेन्द्र चौधरीको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलाले माछापालक कृषकमाथी सिम्रौनगढ नेपाल विद्युत प्राधिकरणले गरेको ज्यादती, माछा बजार भाउ ब्यवस्थापन, ब्यवसायी मिटरलाई कृषि मिटरमा बदल्ने विषयमा छलफल गरेको छ । माछापालक कृषक नागेन्द्रप्रसाद साहको अध्यक्षतामा ३१ सदस्सीय माछापालक कृषक र विद्युत प्राधिकरण परामर्श समिती गठन गरेको छ ।

सदस्यहरुमा अवधेश सहनी, शिवमङ्गल प्रसाद कुशवाहा, कुन्दन कुशवाहा, दिनदयाल मुखिया, अशोक सहनी, बृजकिशोर यादव लगायतका रहेका छन् ।

कार्यक्रममा सिम्रौनगढ नगरपालिका, पँचरौता नगरपालिका र आदर्शकोतवाल गाउँपालिकाका माछापालक कृषकको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार