Logo

५ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन इन्टर कलेज क्रिकेट कपमा नेशनल इन्फोटेक विशाल रन अन्तरले बिजयी भएको छ ।

नेशनल इन्फोटेकले पिसजोन माविलाई एकसय ३५ रनले हराएको हो । नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेशनलले ब्याटिङ रोज्यो ।

उसले पूरा ओभर खेल्दै ९ विकेटको क्षतीमा एकसय ७४ रन बनायो । जवाफी ब्याटिङ गरेको पिसजोन १६.२ ओभरमा ३९ रनमै समेटिएको हो ।

खेलमा अरवाज हुसेन म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार