Logo

६ फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज टी २० क्रिकेट कपमा वीरगञ्ज पब्लिक ५७ रनले जितेको छ । वीरगञ्ज पब्लिक नेशनल एकेडेमीलाई पराजित गरेको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वीरगञ्ज पब्लिक निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एकसय ६७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको नेशनल १४.२ ओभरमा पूरै विकेट गुमाएर एकसय १० रनमा अलआउट भएको हो ।
खेलमा सन्दिप सिंह म्यान अफ दि म्याच घोषित भए ।

 


सम्बन्धित समाचार