Logo

७ फागुन,वीरगञ्ज । अल्पाइन इन्टर कलेज टी २० क्रिकेटमा डेसिमल कलेज बिजयी भएको छ । डेसिमलले ओम नेशनल एकेडेमीलाई एकसय २१ रनको फराकिलो अन्तरले हराएको हो ।

वीरगञ्जको नारायणी क्रिकेटमा टस जितेर ब्याटिङ गरेको डेसिमलले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै एकसय ६७ रन बनाएको थियो ।

जवाफी ब्याटिङ गरेको ओम नेशनल १५ ओभरमै पूरै विकेट गुमाएर ४६ रनमै समेटियो ।

खेलमा मनोज चौधरी म्यान अफ दि म्याच घोषित भए ।


सम्बन्धित समाचार