Logo

७ फागुन,वीरगन्ज। अल्पाइन क्रिकेट कपमा वीरगञ्ज सेन्ट्रल कलेज बिजयी भएको छ ।

वीरगञ्ज सेन्ट्रलले वीरगञ्ज पब्लिक कलेजलाई १० विकेटले हराएको हो । नारायणी क्रिकेट मैदानमा वीरगञ्ज पब्लिक कलेजले दिएको लक्ष्य वीरगञ्ज सेन्ट्रलले ८.१ ओभरमा बिना विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको वीरगञ्ज पब्लिक कलेजले १५.१ ओभरमा पूरै विकेट गुमाएर ६९ रन बनाएको थियो ।

खेलमा प्रकाश माझी म्यान अफ दि म्याच घोषित भएका छन् ।


सम्बन्धित समाचार