Logo

१० फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज बिजयी भएको छ ।

ग्लोबलले ओम नेशनललाई ९ विकेटले हराएको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा ओमले दिएको लक्ष्य ग्लोबलले ७.४ ओभरमा १ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस जितेर ब्याटिङ गरेको ओम नेशनलले १६.१ ओभरमा पूरै विकेट गुमाएर ५१ रनको सामान्य लक्ष्य पेश गरेको थियो ।

खेलमा ग्लोबल बिजनेश कलेजका रोहन कुमार साह म्यान अफ म्याच घोषित भए ।

 


सम्बन्धित समाचार