Logo

१२ फागुन, पर्सागढि । पर्साको पर्सागढि नगरपालिकामा प्राविधिक तालिम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ बागवानामा माछापालक किसानको एक दिने प्राविधिक तालिम सम्पन्न भएको हो ।

नेपाल फिस, फिड ट्रेडर्स वीरगञ्जको आयोजनामा बागवानास्थित रहेको ओम सिजी मतस्य नर्सरी तथा बिज फारमको प्राङ्गणमा तालिम सम्पन्न भएको हो । पर्सागढिका ३५ जना माछापालक किसानलाई प्राविधिक तालिम प्रदान गरिएको आयोजकले जनाएको छ ।

अनमोल फिड प्राईभेट लिमिटेड कोलकत्ताका माछा विशेषज्ञ तथा प्राविधिक बिमलेश सिंह र यस सस्थांका नेपाल ईन्चार्ज अनिल प्रसाद चौरसियाले तालिम दिएका हुन् ।

माछा पालक किसानहरुलाई माछापालनको विधि, समस्या, रोग किरा पहिचान तथा उपचार सम्बन्धी तालिम दिईएको ब्यवसायिक रुपले माछापालन गरेका बागवानाका किसान सन्तोष चौधरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार