Logo

१५ फागुन,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नं. २५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका सामानसहितको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

बिलबिजक भन्दा बढि हार्डवेयर बोकेको मालवाहक ट्याक्टर आईसिपीबाट वीरगन्जतर्फ आउँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही क्रममा बिआर ०५ जिए ३७९१ नम्बरको ट्याक्टरमा लोड रहेका सामानको बिल शंकअस्पद देखिएपछि नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जनाए ।

बरामद सामानको मूल्यांकन २ लाख ३३ हजार ४८१ रुपैँया कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार