Logo

१५ फागुन,वीरगञ्ज । भन्सार चोरी पैठारी गरी भित्र्याइएको प्याज लोड रहेको पिकअप पर्साबाट प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं. ५ कुम्हाल टोलस्थित सडकखण्डबाट प्रहरीले प्याजसहित पिकअप पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले भन्सार छलीका २ हजार ८ सय ८० केजी प्याज बरामद गरेको प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए । प्रदेश २–०३–००१ च ३३०४ नम्बरको पिकअपबाट ६० बोरा प्याज बरामद गरेको उनले बताए ।

प्रहरीले आएको विशेष सूचनाको आधारमा वीरगन्जबाट अन्यत्र लैजाँदै गरेको अवस्थामा प्याजसहित पिकअप नियन्त्रणमा लिएको प्रहरी बताँउछ । बरामद प्याजको मूल्यांकन १६ लाख १५ हजार २ सय कायम गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार