Logo

१५ फागुन,बीरगञ्ज । बाराबाट प्रहरीले ९ लाखमूल्य बढीको सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं. २१ अमलेखगञ्जस्थित सडकखण्डबाट सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएको प्रहरी टोलीले उक्त सामानसहितको पिकअप बरामद गरेको बाराका प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । प्रहरीले चलाएको जाँच अभियानको क्रममा पिकअपमा लोड रहेका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको बा ०३–००१ च १५६५ नम्बरको पिकअपबाट चुकुन्दर र बा–०१–०२७ च ८५०३ नम्बरको पिकअपबाट कागती बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरि सर्लाहीबाट हेटौँडातर्फ जाँदै गरेको बा ०३–००१ च १०८६ नम्बरको पिकअपमा लोड रहेको टमाटरको बिल भरपाई नभएको भेटिएको नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

बरामद सामानको मूल्यांकन ९ लाख ५० हजार ४९ रुपैँया कायम गरि सामानसहित सवारीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार