Logo

१७ फागुन,वीरगञ्ज । बाराबाट प्रहरीले झण्डै ८५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले ८४ लाख ९८ हजार ९५० मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा सवारी सहित सामान बरामद गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दधिराम न्यौपानेले जनाए । वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना ६ ख १०५७ नम्बको ट्रकमा लोड रहेका ८४ लाख ७६ हजार १० रुपैँयाको खुद्रा सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको प्रवक्ता न्यौपानेले बताए ।

यसैगरि वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख २५३९ नम्बरको यात्रुवाहक बसबाट २२ हजार ९४० रुपैँया बराबरका ३ बोरा बेलुन, २ बोरा स्टिकर समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहकिा लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनायो ।


सम्बन्धित समाचार