Logo

१८ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा भण्डार गरी राखेको प्याज बरामद गरेको छ । बीरगन्जको मिनाबजारमा अनाधिकृतरुपमा भण्डार गरी राखेको प्याज बरामद गरेको पर्साले जनाएको छ ।
प्रहरीले चोरी पैठारी गरी ल्याएको ५ हजार २ सय २० किलो प्याज बरामद गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार विशेष सूचनाको आधारमा प्रहरीबाट खटेको टोलीले १२३ बोरा प्याज बरामद गरेको हो ।
बरामद प्याज आवश्यक कारबाहीका लागि बीरगन्ज भन्सार कार्यालय बुझाइएको पर्साले जनाएको छ । पर्सा प्रहरीले छापामारी गर्दा प्याज साहु भागी फरार भएको दाबी गरेको छ ।

३ लाख ३० हजारको कपडा पनि बरामद

योसंगै प्रहरी बीरगन्जको इदगाह चोकबाट लत्ताकपडासमेत बरामद गरेको छ । प्रहरीको टोलीले लुंगी ३ पीस, कुर्ता सुरुवाल ८ पीस, तौलीया १२ पीस, लेडिज कटु १५५ पीस, मार्किन कपडा ७२ मिटर, अण्डवेयर ९८ पीस, होली कुर्ता १०, गमछा ५ पीस, थान कपडा ३५० मिटर बरामद गरेको छ । बरामद लत्ताकपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको पर्सा प्रहरीले जनायो । प्रहरीका अनुसार ३ लाख ३० हजार मूल्यबराबरको कपडा बरामद भएको छ ।


सम्बन्धित समाचार