Logo

१९ फागुन,वीरगञ्ज । भन्सार छली ल्याइएको ६९ बोरा युरिया मलसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रौतहट फतुवा बिजयपुर नगरपालिका–८ बिजयपुर चोकबाट युरिया मलसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक चितवन टाँडी नगरपालिका–१३ बस्ने सुनिल दरै र ट्रक धनि रत्ननगर नगरपालिका–१३ बस्ने गोबिन्द भुजेल रहेका प्रहरीले जनाएको छ । ना.३.ख ४६८० नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा लोड रहेको ६९ बोरा युरिया मल बरामद भएको रौतहटका प्रहरी निरिक्षक सूचना अधिकारी झलक शर्माले जनाए ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा पठाईएको सूचना अधिकारी शर्माले बताए ।

काठसहित ट्याक्टर समेत नियन्त्रणमा

प्रहरीले मसलाको काठ सहित ट्याक्टर समेत नियन्त्रणमा लिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–९ स्थित चपुर गौर सडकबाट मसलाको माठसहित ट्याक्टर नियन्त्रणमा लिएको हो । सन्तपुरबाट डुमरियातर्फ जादै गरेको ना ५ त ९०६४ नम्बरको ट्याक्टरलाई जाँच गर्ने क्रममा चालक प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।

ट्याक्टरबाट मसालाको काठ दाउरा बरामद भएको तथा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको प्रहरी निरिक्षक शर्माको भनाइ छ ।
फरार चालक लगायत संलग्न अन्य मानिसहरुको खोजी कार्य भइरहेको रौतहट प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार