Logo

२० फागुन,वीरगञ्ज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरीले प्रदेश सरकारसँग समन्वय नगरेको गुनासो गरेका छन् । उनले प्रदेशमा शान्ती सुरक्ष कायम राख्ने सवालमा प्रहरीले मनपरि काम गरिरहेको आरोप लगाए ।

नेपाल प्रहरी प्रधान कार्यालयले जनकपुरमा आयोजना गरेको सडक सुरक्षा सम्बन्धि प्रस्तुति कार्यक्रममा मुख्यमन्त्री यादवले यस्तो गुनासो गरे । उनले प्रदेशमा शान्ती सुरक्षा कायम सरकार गम्भिर रहेपनि नेपाल प्रहरीले एकलौटी ढंगले कार्य गर्दा सोचेबमोजिमको उपलब्धि हासिल नभएको बताए ।

सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकार आवश्यक कदम चाल्न तयार रहेको जनाउँदै उनले सडक सुरक्षाका लागि चाहिने आवश्यक उपकरण माग गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
मधेशका जिल्लाहरुमा यातायात कार्यालयको अभावमा सेवाग्राहीमा परेको समस्यालाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा यातायात कार्यालय स्थापना गरेको मुख्यमन्त्री यादवको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री कृष्णा यादव, अर्थमन्त्री सञ्जय यादव, स्वास्थ्य तथा जनसङख्या मन्त्री विरेन्द्रप्रसाद सिंह, मधेश प्रहरीका प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनले ३० थान ब्रेथलाइजर प्रदेश ट्राफिक प्रहरीलाई हस्तान्तरण समेत गरेको थियो ।


सम्बन्धित समाचार