Logo

२० फागुन,जनकपुर । मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुनेहरुको संख्या देशव्यापीरुपमा दोश्रो स्थानमा रहेको छ ।

पानीमा डुबेर मृत्यु हुनेमा सबैभन्दा बढी लुम्बिनी प्रदेश रहेको छ । भने लुम्बिनी प्रदेशमा ५०१, मधेश प्रदेशमा ४९९, गण्डकी प्रदेशमा ४६१, कोशी प्रदेशमा ४५६, बागमती प्रदेशमा ३३५ सुदूरपश्चिम प्रदेशमा २०१ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा भने पानीमा डुबेर सर्वसाधारण मरेको छैन ।

पानीमा डुबेर मृत्यु हुनेहरुको बढ्दो संख्या र बच्ने उपायबारे नीति संवाद गर्दै नेपाल मधेश फाउण्डेसनले आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्दै जसपाका संसदीय दलका सचेतक राम अशिष यादवले मधेशमा खेतीयोग्य जमिनबाट माटो र जथाभावीरुपमा नदीजन्य पदार्थ बालुवा गिट्टीलगायतका उत्खनन्ले गर्दा मधेश मरभूमिमा परिणत भइरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।

हराभरा जमिनलाई उजाड पारेकै कारणले जल, जंगल, जमिनको संरक्षण हुने भएकाले जथाभावीरुपमा माटो उत्खनन् गरि मानवनिर्मित पोखरीले गाउँघरमा वर्षेनी बालबालिकासमेतको मृत्यु हुने गरेकाले तत्काल यसको नियन्त्रणका लागि कानुन बनाउनुपर्ने नेता यादवले बताए ।

उनले मधेश प्रदेशसभाबाट तत्काल कानुन बनाएर अनाहकमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मर्नु पर्ने अवस्था निन्दनीय रहेको बताए । उनले कानुनको अभाव र रहेको कानुनको पालनाका लागि एकअर्कासँग समन्वय सहकार्य र जनचेतनाको अभावले गर्दा सर्वसाधारणको मृत्युको घटना सहज हुँदै गएको प्रति गम्भीर हुन आग्रह समेत गरे ।

प्रदेशसभा सदस्य जैनुल राइनले प्रदेशमा आवश्यक कानुन नहुँदा कारवाहीका लागि पनि दोषी कसलाई ठहर गर्ने र सो घटनामा मृत्यु भएकालाई कुन मुद्दामा कसलाई आरोपित बनाएर कारबाही प्रक्रिया अघि बढाउने भन्ने बारे स्पष्ट नरहेको बताए । त्यसैले कानुनको आवश्यक प्रदेशसँगसँगै स्थानीय सरकारले समेत अविलम्बरुपमा बनाउनुपर्ने उनले बताए ।

निर्माण व्यवसायी पंकज महतोले समाजमा विकास निर्माणको कार्यको क्रममा खाल्डाखुल्डी सरोकारवालाकै सहमती अनुरुप हुने गरे पनि अनाहकमा निर्माण व्यवसायीहरुलाई फन्दामा पार्ने गरेको बताए ।


सम्बन्धित समाचार