Logo

२१ फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सरकारले गरेका राम्रा कामहरुको जनतासम्म प्रचार प्रसार नपुगेको बताएका छन् ।

प्रेस सेन्टर नेपालले आईतबार साँझ आयोजना गरेको सम्मानपत्र वितरण कार्यक्रममा बोल्दै मेयर सिंहले सकारात्मक कामहरुलाई उजागर गर्न नसक्दा पत्रकारिताको गुणस्तरीयता र विश्वसनीयता कम हुदै गएको भन्दै सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतासम्म पु¥याउन आग्रह गरे ।

सरकारले गर्ने कामहरुको प्रचारमा सञ्चार मध्यमको महत्वपूर्ण भूमिका रहने भएकोले सरकारको सकारात्मक र नकारात्मक कामहरुलाई निष्पक्ष ढंगले समाचार सम्प्रेषण गर्न सुझाव दिए । वीरगन्जमा केही उछृङखल व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि सदियौंदेखिको सदभावलाई विगार्न खोजेकोले त्यसतर्फ पनि सजग भएर कमल चलाउन आग्रह गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले समाजमा देखा परेका विकृति विरुद्ध निरन्तर कलम चलाईरहन आग्रह गर्दै प्रशानिक निकायबाट हुने साथ र सहयोग निरन्तर रहने बताए । अहिलेको सरकारको मुख्य उद्देश्य शुसासन, सामाजिक न्याय र समृद्धि मुख्य भएकोले कुशासन विरुद्धको लडाई, गरिबी विरुद्धको लडाँईमा सञ्चार मध्यमहरुको भूमिका सशक्त हुनुपर्ने बताए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल र सानुबाबु अधिकारी, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, बाराका प्रहरी उपरीक्षक सुरेश काफ्ले, पर्साका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालको वीरगन्जमा सम्पन्न २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषदको बैठकमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज नीरज पिठाकोटे मगरले गर्नुभएको थियो भने सञ्चालन पर्साका सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।


सम्बन्धित समाचार