Logo

२१ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित दुईजना भारतीय महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं।१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट दुईजना महिलालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रहरी चौकी ईनर्वा र लागुऔषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा भारत विहार जिल्ला पूर्वी चम्पारण रामगढवाकी ४३ वर्षीया रुकसाना खातुन र सोही ठाँउकी २० वर्षीया अप्साना खातुन रहेका प्रहरी नायब उपरिक्षक प्रवक्ता कुमार बिक्रम थापाले जनाए ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा उनीहरुबाट भारी मात्रामा लागुऔषध भएकोले नियन्त्रणमा लिईएको उनले बताए ।

प्रहरीका अनुसार रूकसानाको साथबाट फागुऔषध बुपरिनुर्फिन १४८ एम्पुल,डाइजिपाम १४९ एम्पुल र फेनारगन १३९ एम्पुल बरामद गरेको छ । यस्तै अप्सानाले सेतो टेपले बेरी आफुले लगाएको सुरुवालले छोपेर लुकाईछिपाई राखेको अवस्थाबाट बुपरिनुर्फिन १४८एम्पुल, डाइजिपाम १४७ एम्पुल र फेनारगन १४७ एम्पुल गरी दुवैजनाको साथबाट जम्मा ८ सय ७८ एम्पुल लागुऔषध फेला पारेको प्रहरी बताँउछ ।

पक्राउ परेका उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार