Logo

२२ फागुन,वीरगञ्ज । प्रतिवन्धित लागुऔषध सहित वीरगञ्जबाट दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ शंकाराचार्य गोटस्थित सडकखण्डबाट लागुऔषधसहित दुईजना पुरुष पक्राउ परेका हुन् ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित दुईजना युवकहरुलाई पक्राउ गरेको प्र्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौाडँ उपमहानगरपालिका–४ बस्ने ३२ वर्षका गणेश घिमिरे र मकवानपुरकै बकैया गाउँपालिका–५ बस्ने ३५ वर्षका बिकास भोलन रहेका उनले बताए ।

प्रहरीले चलाएको जाँच अभियानका क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गणेशको साथबाट नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र बिकासले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाईछिपाइ राखिएको लागुऔषध नुरफिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन २५ एम्पुल गरी जम्मा ४५ सेट फेला पारेको प्रहरी बताउँछ ।

पक्राउ परेका उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।


सम्बन्धित समाचार