Logo

२२ फागुन,वीरगञ्ज । स्रोत नखुलेको १० लाख रकमसहित रौतहटबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नं.१ स्थित सडकखण्डबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी रौतहट तथा ईलाका प्रहरी कार्यालय बन्जरहा रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले स्रोत नखुलेको रकमसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौडा–१४ बस्ने २९ वर्षकी रामरती मोक्तान र मकवानपुरकै मनहरी–१ बस्ने ३५ वर्षका देवराज थिङ्ग रहेका छन् ।

विभिन्न सवारी जांच गर्ने क्रममा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र.३ ०१–०२३ च.५३८५ नम्बरको गाडीमा सवार उनीहरुको साथबाट स्रोत नखुलेको रकम प्राप्त भएको प्रहरीले जनाएको छ । कालो रंगको झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा ८ सय ५० ओटा एक हजार थानको नोट र पाँच सय थानको ३०० ओट गरि जम्मा १० लाख फेला पारेको प्रहरी बताउँछ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाईएको रौतहट प्रहरीले बतायो ।


सम्बन्धित समाचार