Logo

फाइल फोटो

२२ फागुन,वीरगञ्ज । बाराको अमलेखगञ्जमा बस दुर्घटनामा परेको छ । अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना भएका छन् ।

ना ६ ख ९०३० नं को बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । चितवनबाट जनकपुरका लागि छुटेको यात्रुबाहक बस आज दिउँसो ४ बजे पुलबाट खोलामा खसेको थियो । बस अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

दुर्घटनामा परेर घाईते हुने १८ जनामध्ये एक जना महिला गम्भिर रहेको ईप्रका सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले जनाए । प्रहरीका अनुसार गम्भिर घाईते भएकी उनको परिचय खुलेको छैन् ।
घाईतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार