Logo

२४ फागुन,वीरगञ्ज । पर्सा टाइटन्स वीरगञ्ज सुपर लिग सिजन २ को सेमिफाइनलमा प्रवेश गरेको छ ।आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा पर्सा राइडर्सलाई १२ रनले हराउँदै पर्सा टाइटन्स सेमिफाइनलकमा पुगेको हो ।

नारायणी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पर्सा टाइटन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर एकसय ५४ रन बनायो ।
जवाफी ब्याटिङ गरेको पर्सा राइडर्स पूरै ओभर खेलेर ५ विकेट गुमाउँदै एकसय ४२ रनमा अलआउट भयो ।

खेलमा प्रियान्स सर्राफ म्यान अफ दि म्याच भए ।यसअघि आजै सम्पन्न पहिलो क्वाटरफाइनलमा पर्सा स्टारर्स बिजयी भएको थियो ।


सम्बन्धित समाचार